image
image
उर्जा उत्पादन गर्नसक्ने क्षेत्रमा व्यापक काम गर्नुपर्ने आवश्यक्ता छ : ऊर्जामन्त्री खड्का

उर्जा उत्पादन गर्नसक्ने क्षेत्रमा व्यापक काम गर्नुपर्ने आवश्यक्ता छ : ऊर्जामन्त्री खड्का


काठमाडौं ।  ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले हाइड्रोपावरदेखि  उर्जा उत्पादन गर्नसक्ने क्षेत्रमा व्यापक काम गर्नुपर्ने आवश्यक्ता रहेको बताएका छन् । मंगलबार लचिलो र कम कार्बनको लागि ऊर्जा शिखर सम्मेलन २०२५ मा बोल्दै मन्त्री खड्काले वैकल्पिक उर्जाका विषयमा व्यापक रुपमा परिवर्तन गरेर समयानुकुल बनाउनुपर्ने बताएका हुन् ।

उनले भने,  ‘हाइड्रोपावरदेखि लिएर उर्जा उत्पादन गर्न सक्ने क्षेत्रमा व्यापक काम गर्नुपर्ने आवश्यक्ता छ । हामीसँग उर्जा सुरक्षाका कुराहरु भएका छन्, त्यसकारण रिर्जभ वायरहरुलाई तत्काल अगाडि बढाउने, पम्पवायरहरुलाई सुरु गर्ने, वैकल्पिक उर्जाका विषयमा व्यापक रुपमा परिवर्तन गरेर समायानुकुल बनाउनुपर्नेछ । यसले ग्रीन हाइड्रो उर्जा उत्पादन गर्ने ठूला ठूला उद्योग सञ्चालनमा सहकार्य गर्न सक्छौं ।’

साथै उर्जाको क्षेत्रमा सबै देशहरुको सहयोग रहने समेत उनले विश्वास लिए । उनले उर्जा  क्षेत्रको लक्ष्य अनुसार नै सरकारले काम गरिरहेको समेत बताए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।