image
image
राजनीति जनतातिर नभइ विदेशी मालिकतिर फर्कियो : महासचिव विप्लव

राजनीति जनतातिर नभइ विदेशी मालिकतिर फर्कियो : महासचिव विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले अहिलेको राजनीति जनतातिर नभएर विदेश र मालिकहरुतिर फर्किएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित नेकपा धुवीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुठ्ठीभरको स्वार्थमा राज्यको नेतृत्व गर्ने राजनीतिज्ञहरु डुल्दा नेपालको गणतन्त्र जनताको बन्न नसक्दा थुप्रै्र समस्याहरु खेप्न परेको बताएका हुन् । 

उनले भने,‘देशमा सबैभन्दा ठूलो समस्या अहिले राजनीतिमा देखा परेको छ । राजनीति जनतातिर फर्किएन । राजनीतिक आन्दोलनको संघर्षको बेलासम्म जनतासम्म फर्कियो तर निर्माणको बेला, जनतालाई साथै लिएर यात्रा गर्ने बेला वा देश विकास गर्ने बेला राजनीति जनतातिर होइन् विदेशतिर फर्कियो । मालिकतिर फर्कियो । मुठ्ठीभरको स्वार्थमा राज्यको नेतृत्व गर्ने राजनीतिज्ञहरु डुले । नेपालको गणतन्त्र जनताको गणतन्त्र बन्न सकेन । त्यसैले आजका थुप्रै्र समस्याहरु खेप्न परेको छ ।’ 

त्यस्तै उनले नेपालका मध्यमवर्ग, वुद्धिजीवि र व्यवसायी आफ्ना मित्र रहेको बताए । उनले भने,‘हामीले नेपाली जनताको मन छामेका छौं । नेपालका मध्यमवर्ग, वुद्धिजीवि र व्यवसायी हाम्रा मित्र हुन् । नेपालले विदेशबाट चामल बेसाएर खाने होइन, गरिब देशलाई सहयोग गर्ने चाहना छ । नेपालका हरेक व्यवसायीलाई विश्वस्त पार्न चाहन्छौं, प्रतिबन्ध पनि झेल्यौं ।’ 

त्यस्तै उनले अहिले आफ्नो पार्टीका कोही पनि नेता कार्यकर्तालाई घरमा खाना खाने समस्या नरहेको दाबी समेत गरे । साथै उनले विदेशबाट चामल आयात गर्नुपर्ने अवस्थालाई हटाएर गरिब देशलाई सहयोग गर्ने चाहनाले सोमबार काठमाडौंको बुढानीलकण्ठमा व्यापारिक केन्द्र खोल्न लागिएको पनि जानकारी गराए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।