image
image
‘मेडिकल र निर्माण व्यवसायी सम्बन्धि कानुन चाँडै निर्माण गरिने’

‘मेडिकल र निर्माण व्यवसायी सम्बन्धि कानुन चाँडै निर्माण गरिने’

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खाँनले कानून निर्माण गर्ने स्थानमा हुदाँपनि पूर्ण कानुन बनाउन नसक्नु आफैंमा दुर्भाग्यपूर्ण भएको बताएका छन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको नेपाल मेडिकल व्यवसायी संघ र नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीहरूसँगको छलफलमा उनले मेडिकल व्यवसायी र निर्माण व्यवसायी सम्बन्धी कानूनहरु जनता, राज्य र देशलाई समृद्धिको गतिमा लान समस्या सिर्जना गरेको देखिएको भन्दै यसमा समितिले पहलकदमी गर्ने बताए । 

निवेदनकर्ताहरुले पेश गरेको प्रस्ताव छिटो भन्दा छिटो सम्बन्धित मन्त्रालय, मन्त्री बोलाएर कडा निर्देशन दिएर कार्यान्वयन समेत गराउने पक्षमा समिति लाग्ने पनि उनको भनाई छ ।  उनले भने, ‘विषयवस्तुलाई हेर्दा वास्तवमा समस्या भनेको कानूनकै देखिएको छ । यो गम्भिर विषय हो । हामी कानून बनाउने ठाँउमा छौ तर कानून निर्माण गर्ने स्थानमा हुँदापनि कानून अझै पूर्ण रुपमा बनाउन नसक्नु दुर्भाग्यपूर्ण कुरा हो । कानुन नहुँदा जनता, राज्य र देशलाई समृद्धिको गतिमा लान समस्या सिर्जना भयो । समितिमार्फत दुवै निवेदनकर्ताहरुले पेश गरेको प्रस्ताव छिटो भन्दा छिटो सम्बन्धित मन्त्रालय, मन्त्री बोलाएर यसमा कडाभन्दा कडा निर्देशन दिएर कार्यान्वयन समेत गराउने पक्षमा जान्छौं ।’

यसको साथै, उनले मेडिकल व्यवसायी र मेडिकल व्यवसाय दुवैले सिन्डिकेटको विषयवस्तु उठाएको भन्दै दुबै संघको विषयवस्तु सान्दर्भिक र गम्भीर रहेको बताए । उनले भने, ‘आज दुईवटा विषय वस्तुमा छलफल गरेका छौं । नेपाल मेडिकल व्यवसायी संघ र निर्माण व्यवसायी महासंघको निवेदन माथि छलफल भएको छ । दुइवटा संघको विषयवस्तु सान्दर्भिक र गम्भीर छ । मेडिकल व्यवसायीहरुले दिएको निवेदनमा श्रमिकहरुको कुरा र मेडिकल व्यवसायमा भएको सिन्डिकेटहरुको विषयमा पनि कुरा आएको छ । निर्माण व्यवसायीहरुको पनि सिन्डिकेटकै विषय उठाउनु भएको छ ।’
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।