image
image
सहकारी ठगी प्रकरणः रवि लामिछाने रुपन्देही जिल्ला अदालतमा उपस्थित

सहकारी ठगी प्रकरणः रवि लामिछाने रुपन्देही जिल्ला अदालतमा उपस्थित

काठमाडौं । पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जिल्ला अदालत रुपन्देहीमा हाजिर भएका छन् ।

बुटवलस्थित सुप्रिम सहकारी ठगीविरुद्ध मुद्दा दायर भएपछि बयानका लागि उनी मंगलबार भैरहवा पुगेका थिए । अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीका अनुसार बुधवार कार्यालय खुलेलगत्तै लामिछाने हाजिर भएका हुन् ।

जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले गत आइतबार जिल्ला अदालत रुपन्देहीमा मुलुकी फौजदारी अपराध संहिताको ठगी कसुर र संगठित अपराधको कसुरमा मुद्दा दायर गरेको हो ।

सरकारी वकिल कार्यालयका अनुसार यो प्रकरणमा संगठित रुपमा ठगी भएको ठहर गर्दै ४२ जना प्रतिवादीविरुद्ध मुद्दा दर्ता गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।