image
image
आजदेखि सुरु हुँदै कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन

आजदेखि सुरु हुँदै कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन


काठमाडौं । कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन सोमबारदेखि सुरु हुँदैछ । आजदेखि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।  गत पुस १९ गते कर्णाली प्रदेशको मन्त्रीपरिषद् बैठकले प्रदेश सभाको दोस्रो कार्यकालको पाँचौँ बैठक आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेपछि पुस २१ गते प्रदेश प्रमुखको कार्यालयले माघ ७ गते दिउँसो १ बजेदेखि प्रदेश सभा बैठक बस्ने सूचना जारी गरेको थियो । 

यस पटकको अधिवेशनका लागि प्रदेश सभा सचिवालयमा तीन वटा विधेयक दर्ता भइसकेका छन् । प्रदेश सभा सचिवालयका अनुसार दर्ता भएका विधेयकमा कर्णाली प्रदेश लोकमार्ग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेश निजामती सेवा (पहिलो संशोधन) विधेयक, २०८१ र कर्णाली प्रदेश सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ रहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।