image
image
उद्धव थापालाई आक्रमण गर्नेलाई कारबाही गर्न नेपाली कांग्रेसद्वारा माग

उद्धव थापालाई आक्रमण गर्नेलाई कारबाही गर्न नेपाली कांग्रेसद्वारा माग

काठमाडौं । नेपाली कांग्रेसले कोशी प्रदेश सभापति एवं संसदीय दलका नेता, पूर्व मुख्यमन्त्री उद्धव थापामाथि भएको आक्रमणको भत्सर्ना गरेको छ । आइतबार विज्ञप्ती सार्वजनिक गर्दै कांग्रेसले केही व्यक्तिले हिजो राति झापामा गरेको थापामाथि गरेको आक्रमणको घोर निन्दा र भत्सर्ना गर्दै संलग्न व्यक्तिहरुलाई कडा कानूनी कार्बाहीका लागि सरकारसँग माग गरेको हो । 

विज्ञप्तीमा लेखिएको छ,‘नेपाली कांग्रेस कोशी प्रदेश सभापति एवं संसदीय दलका नेता, पूर्व मुख्यमन्त्री उद्धव थापामाथि केही व्यक्तिले हिजो झापामा गरेको आक्रमणको नेपाली कांग्रेस घोर निन्दा र भत्सर्ना गर्दछ । 

नेपाल प्रेस युनियन झापाको कार्यक्रमबाट फर्कदै गर्दा कन्काई नगरपालिकाको सुरुङ्गा नजिक उहाँमाथि आक्रमण भएको थियो । उहाँको निधारमा चोट लागेको छ ।उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै नेपाली कांग्रेस घटनाको यथार्थ छानविन गरेर अराजक र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुलाई कडा कानूनी कार्वाहीका लागि सरकारसँग माग गर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।