image
image
सरकारले अझै पनि संसदलाई छल्ने काम गरे विशेष अधिवेशन आह्वान गर्ने विपक्षी दलको निर्णय

सरकारले अझै पनि संसदलाई छल्ने काम गरे विशेष अधिवेशन आह्वान गर्ने विपक्षी दलको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकारले अधिवेशन नगरे विशेष अधिवेशन आह्वान गर्ने समझदारी बनेको बताएका छन् ।  सिंहदरबारमा बसेको विपक्षी दलहरुको बैठकपश्चात उनले सरकारले अझै पनि संसदलाई छल्ने काम गर्ने हो भने विशेष अधिवेशन आह्वान गर्ने समझदारी बनेको बताए । 

उनले भने, ‘हिउँदे अधिवेशन छिटोभन्दा छिटो बोलाइयोस् यदि सरकारले अझै पनि यसरी नै संसदलाई छलेर काम गर्छ भने प्रतिपक्ष दलहरुको तर्फबाट आवश्यक पर्यो भने अधिवेशन माग गर्ने, आह्वान गर्नेसम्मको तयारी हामीले गरिरहेका छौँ । यसमा हाम्रो समझदारी बनेको छ ।’यसको साथै, उनले सरकारले नियमित संसद अधिवेशन नबोलाएर अध्यादेश मार्फत स्वइच्छाकारी ढङ्गले सरकार सञ्चालन गरेको भन्दै यो प्रवृत्ति विरुद्ध ६ दलहरु एकै ठाँउमा रहेको बताए । 

उनले भने, ‘सरकारले नियमित संसद अधिवेशन नबोलाएर अध्यादेश मार्फत स्वइच्छाकारी ढङ्गले सरकार सञ्चालन गर्ने जुन प्रवृत्ति देखाएको छ त्यसमा हामी ६ दलहरु एकै ठाँउमा रहेका छौं । सबैको चिन्ता, चासो र सुझाव सरकार स्वइच्छाचारी बन्दै गएको छ । संसदलाई छल्न खोजेको छ । सरकारको यो रवैया बेठिक भयो भन्ने हाम्रो साझा निष्कर्ष छ ।’आजको बैठकमा ६ पार्टीहरुको सहभागिता रहेको र अन्य प्रतिपक्षमा रहेका पार्टीहरुको पनि सकारात्मक समर्थन रहेको पनि उनको भनाई छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।