रवि लामिछानेलाई हिरासतमै पठाउन आदेश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई न्यायाधीशले हिरासतमै पठाउन आदेश दिएका छन् । सोमबार बबरमहलस्थित काठमाडौं जिल्ला अदालतले उक्त आदेश दिएको हो । सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा थुनछेक बहसका निम्ति उनलाई सोमबार अदालतमा लगिएको थियो ।
सोमबार थुनछेक बहस नसकिएपछि न्यायाधीश माधवप्रसाद अधिकारीले हिरासतम पठाउने आदेश दिएका हुन् । मंगलबार सरकारी बिदा रहेका कारण उनी अब सोमबार र मंगलबार हिरासतमै रहनेछन् ।









