image
image
‘दौडेर सबैभन्दा बढी फोहोर सफा गर्नेलाई ५० हजार पुरस्कार’

‘दौडेर सबैभन्दा बढी फोहोर सफा गर्नेलाई ५० हजार पुरस्कार’

काठमाडौं । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले अहिलेका युवा पुस्ताले रचनात्मक काम मार्फत देशलाई सम्बृद्ध बनाउने अभियानमा लाग्न आग्रह गरेेका छन्। सुन्दर र सफा सहर निर्माण गर्ने उद्देश्यले मायादेवी फाउन्डेसनले  आयोजना गरेको दौड प्रतियोगितामा बोल्दै उपाध्यक्ष घिमिरेले युवाहरुले सकारात्मक र रचनात्मक काम मार्फत इतिहाँस बनाउन आग्रह गरेेका हुन्।

‘हिजो हाम्रो पुस्ताले राजनैतिक परिर्वतनका लागि  नेतृत्वदायी भूमिका खेल्यो’, उनले भनिन,  ‘आजको युवा  पुस्ताले  भोलिको नाति पुस्ताले गर्व गर्ने इतिहास निर्माण गर्न रचनात्मक काम गर्नु पर्दछ,  तपाईहरुले हल्लाका पछि लागेर भन्दा निरन्तर कर्ममा विश्वास गर्नु पर्दछ ।’

उपाध्यक्ष घिमिरे लामो समयको संघर्षपछि  ल्याएको सुन्दर व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्र विश्वको उत्कृष्ट मोडेल भएको चर्चा गर्दै यसको व्यवस्थापकीय पक्ष केही कमजोर भएपनि  खराबीहरु लाई रोक्दै यही व्यवस्थालाई बलियो बनाउन अहिलेका यूवाहरुले योगदान गर्नुपर्नेमा जोड दिए। ‘अबको नव निर्माण र व्यवस्थालाई प्रभावकारी बनाउन तपाँइहरुको महत्वपूर्ण योगदानको आवश्यकता छ।

भौतिक रुपमा शहर सफा गर्ने काम रचनात्मक र महत्वपूर्ण भएको बताउँदै देशभित्रका हरेक नागरिकको मन सफा हुनुपर्ने उनको जोड छ। अहिले काठमाण्डौमा सरसफाई नै सबैभन्दा चुनौतीको बिषय बनेकोले  यसको दीर्घकालिन समाधान खोज्न काठमाण्डौ उपत्यका भित्रका सबै स्थानिय तह र तीनै तहका सरकारले प्राथमिकता दिनुपर्ने कुरामा उपाध्यक्ष घिमिरेको जोड थियो । फोहोरलाई घर वा स्रोतबाट नै कुहिने र नकुहिने बर्गमा बर्गिकरण गरेर ब्यबस्थापन गर्ने कुरामा ढिलाई गर्न नहुने उनको जोड रहेको छ।

मैनादेवी फाउण्डेसनको आयोजनामा भएको ट्रास कलेक्सन रेस २०२५ मा करिब ५ हजार युवाको सहभागिता रहेको थियो । उपाध्यक्ष घिमिरेले  दौडेर १ घण्टाभित्र सबैभन्दा बढी फोहोर संकलन गर्ने पहिलो समुहलाई ५० हजार, दोस्रोलाई २५ हजार र तेस्रोलाई १५-१५ हजार पुरस्कार पनि वितरण गरिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।