image
image
जलवायु परिवर्तनको मुद्दा मुलुक विशेषको नभई विश्वव्यापी मुद्दा हो : अर्थमन्त्री पौडेल

जलवायु परिवर्तनको मुद्दा मुलुक विशेषको नभई विश्वव्यापी मुद्दा हो : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले जलवायु परिवर्तनको मुद्दा कुनै मुलुक विशेषको नभई विश्वव्यापी साझा मुद्दा भएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित दक्षिण एसियामा जलवायु परिवर्तन र व्यापार दिगोपन सम्बन्धी नेपालको तेस्रो वार्षिक सम्मेलनमा उनले जलवायु परिवर्तनको मुद्धा साझा विषय भएको हुनाले सबै मुलुकहरु मिलेर समाधानका प्रयासहरु गर्नुपर्ने बताएका हुन् । 

उनले भने, ‘नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको छ र यसका असरहरु आर्थिक, सामाजिक र पूर्वाधारका क्षेत्रमा प्रस्ट रुपमा देखिँदै आएको छ । यो मुद्दा कुनै मुलुक विशेषको भन्दा पनि विश्वव्यापी साझा मुद्दा हो र यसका लागि सबै मुलुकहरु मिलेर समाधानका प्रयासहरु गर्नुपर्छ भन्ने विषयमा नेपालले अन्तराष्ट्रिय मञ्चहरुमा निरन्तर आवाज उठाउँदै आएको छ ।’ 

यस्तै, उनले जलवायु परिवर्तनबाट नेपाललाई परेको असर र प्रभावको तुलनामा जलवायु परिवर्तनमा नेपालको भूमिका नगन्य रहे पनि नेपालले आफ्नो स्रोत र साधनले सम्भव भएसम्म जलवायु उत्सर्जन न्यूनिकरण र अनुकूलनका लागि गरेको प्रयास महत्वपूर्ण रहेको बताए । 

उनले भने, ‘जलवायु परिवर्तनबाट नेपाललाई परेको असर र प्रभावको तुलनामा जलवायु परिवर्तनमा नेपालको भूमिका नगन्य रहेको छ । यद्यपी नेपालले आफ्नो स्रोत र साधनले सम्भव भएसम्म जलवायु उत्सर्जन न्यूनिकरण र अनुकूलनका लागि गरेको प्रयास महत्वपूर्ण छन् । अन्तराष्ट्रिय व्यापारको दिगोपनाको लागि जलवायु परिवर्तनका मुद्धालाई सम्बोधन गर्ने सम्बन्धमा यो सम्मेलनले उपयोगी निष्कर्ष अघि सार्ने अपेक्षा गरेको छु ।’ 

पूर्वाधार संरचनाहरुमा वर्षेनी आउने प्राकृतिक विपत्तिकारण हुने क्षती नोक्सानीबाट आपूर्ती श्रृखलामा अवरोध आउने भन्दै यसलाई ध्यानमा राखि जलवायुमैत्रि विकास प्रक्रियामा थप प्रभावकारी प्रयास गर्नुपर्ने पनि उनको भनाई छ । 

उनले भने, ‘व्यापार सम्बन्धी पूर्वाधारमा नयाँ प्रविधिको प्रयोग गरि उत्थानशिल बनाउने तर्फ पनि थप क्रियाशिलता अबलम्बन गर्नुपर्ने आवश्यकता छ । हामीले ठूलो लगानीमा निर्माण गरेका पूर्वाधार संरचनाहरुमा वर्षेनी आउने प्राकृतिक विपत्ति, बाढि, पहिरो र भूकम्पका कारण हुने क्षती नोक्सानीबाट हुने आपूर्ती श्रृखलामा पर्ने अवरोधलाई समेत ध्यानमा राखि जलवायुमैत्रि विकास प्रक्रियामा थप प्रभावकारी प्रयास गर्नुपर्ने आवश्यकता छ ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।