image
image
सहकारी ठगीमा जति शक्तिशालीहरु देखा परेपनि कानुनले समान व्यवहार गर्नुपर्छ : गगन थापा

सहकारी ठगीमा जति शक्तिशालीहरु देखा परेपनि कानुनले समान व्यवहार गर्नुपर्छ : गगन थापा


काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगीमा संलग्न जो कोहिलाई पनि पाता कसेर कानुनी कठघरमा उभ्याईनुपर्ने बताएका छन्  । ४९ औँ राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस मकवानपुरले गरेको कार्यक्रममा बोल्दै थापाले कानुन सबैलाई बराबर हुने भन्दै कांग्रेसको ठूलै नेता सहकारी ठगीमा देखिए पनि अनुसन्धानका लागि पाता कसेर लानुपर्ने बताएका हुन् ।

कानुनले उच्चपदस्त र आम नागरिकलाई समान व्यवहार गर्नुपर्ने भन्दै सहकारी ठगीमा जो कोहि, जति शक्तिशालीहरु देखा परेपनि कानुनले समान व्यवहार गर्नुपर्ने धारणा ब्यक्त गरे । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई बैठकको बेला पनि आफूले भनिरहेको सुनाउँदै थापाले भने, ‘यदि कांग्रेसको नेता, पदाधिकारी, कहीकतै अनुसन्धानले देखाउँछ भने पाता कसेर लैजानु ।’

कुनै सन्र्दभमा आफुले गल्तिगरेको प्रमाणीत भए आफुलाई पनि पाता कसेर लैजानु तर मलाई भेट्न आउँदा कांग्रेसको झण्डा बोकेर नआउँनु भन्दै थापाले भने थापाले भने, ‘सहकारीको पैसा लगेर महिना आठ–दश लाख रुपैयाँ तलब खाएर लुटपाट ग¥यो भने प्रहरीले के गर्छ ? हाम्रो बोलिचालिको भाषामा पाता फर्काएर लिएर जान्छ । त्यही होइन कानुनको शासन भनेको ?’ थापाले नेपाली जनतामा प्रगतिको भोक रहेको बताए ।

उनले भने,‘आजको दिनको नेपाली समाजको सबैभन्दा ठूलो समस्या भनेको प्रगतिको भोक छ, त्यसमा हामीले सोच्नुपर्नेछ,’ थापाले अघि भने, ‘जनता छन्, उनीहरूसँग समस्या छन्, त्यसको समाधान कांग्रेसले पूरा गरिदियोस् भन्ने छ । पुराना कुरामा अड्किएर बस्ने होइन । नेपाली समाज उकुसमुकुस छ । त्यसलाई हामीले सम्बोधन गर्नुपर्ने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।