image
image
‘वैदेशिक रोजगारबाट प्राप्त भएको रेमिट्यान्सलाई कमजोर नठानौं’

‘वैदेशिक रोजगारबाट प्राप्त भएको रेमिट्यान्सलाई कमजोर नठानौं’

काठमाडौं । रिटर्नी नेटवर्क नेपालका अध्यक्ष उत्तम अधिकारीले व्यक्ति व्यक्तिमा छरेर रहेका स–साना पूँजीहरुलाई एकिकृत रुपमा परिचालन गरे ठूलो कम्पनीको मालिक बन्न सकिने बताएका छन् । रिटर्नी नेटवर्क नेपाल सामुहिक उद्यमशीलताका लागि प्रोत्साहन तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले वैदेशिक रोजगारबाट प्राप्त भएको रेमिट्यान्सले देशका नागरिकहरुको लागि आय स्तरमा वृद्धि हुनु सकरात्मक भएको बताएका हुन् ।

उनले भने, ‘व्यक्ति व्यक्तिमा छरेर रहेका स–साना पूँजीहरुलाई एकिकृत रुपमा परिचालन गरेर ठूलो कम्पनीको मालिक बन्न सकिन्छ । वैदेशिक रोजगारबाट प्राप्त भएको रेमिट्यान्सले देशका नागरिकहरुको लागि आय स्तरमा भएको वृद्धि भएको छ ।  राष्ट्रिय पूँजी निर्माणमा रेमिट्यान्सले प्रदान गरेको सहयोग र देश विकासको चक्रमा रेमिट्यान्सबाट प्राप्त भएका पूँजीहरु लगानी भइरहेको सन्दर्भलाई हेर्ने हो भने यसलाई सकारात्मक मान्नुपर्छ ।’

साथै उनले पछिल्लो समय वैदेशिक रोजगारीमा जाने युवाहरुको संख्या दिनानुदिन बढ्दै गइरहेको बताए । उनले एक महिनामै ८५ हजार युवाहरु विदेश जानु हाम्रो  देश अब कता जान्छ भन्ने प्रश्न उठेको बताए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।