image
image
तमु ल्होसार पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्नेछ : राष्ट्रपति पौडेल

तमु ल्होसार पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्नेछ : राष्ट्रपति पौडेल

काठमाडौं । गुरुङ समुदायको महान् चाड ‘ तमु ल्होसार’ पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने बताएका छन् । सोमबार गुरुङ समुदायको महान् चाड ‘तमु ल्होसार’ का अवसरमा शुभकामना सन्देश मार्फत स्वदेश तथा विदेशमा रहनु भएका  सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र सुस्वास्थ्यको कामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन् । 

सन्देशमा लेखिएको छ, ‘बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक विविधतायुक्त नेपाली समाजमा तमु ल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनका साथै यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्नेछ भन्ने विश्वास लिएको छु ।’

यस्तै उनले नेपालका हिमाली र उच्च पहाडी भेगमा बसोबास गर्ने गुरुङ समुदायद्वारा तमु ल्होसार पर्वलाई  नयाँ वर्ष सुरूभएको अवसरको रूपमा हर्षोल्लासका साथ मनाउने चलन रहेको पनि बताए ।  नेपालको साँस्कृतिक परम्पराको संरक्षण तथा संवद्र्धन गर्दै पर्यटन प्रवद्र्धनमार्फत् आर्थिक र सामाजिक रूपमा समृद्ध मुलुक निर्माण गर्नसमेत गुरुङ समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय छ रहेको उनको भनाई छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।