image
image
बैंकक पुगे अर्थमन्त्री पौडेल, क्षेत्रीय परामर्शको गरे अध्यक्षता

बैंकक पुगे अर्थमन्त्री पौडेल, क्षेत्रीय परामर्शको गरे अध्यक्षता

 

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री  विष्णुप्रसाद पौडेलले २०२४ डिसेम्बर १७ र १८ मा बैंककस्थित संयुक्त राष्ट्र संघको सम्मेलन केन्द्रमा आयोजना हुने एसिया र प्रशान्त क्षेत्रको विकासका लागि वित्त पोषणसम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्शको अध्यक्षता गरेका छन् ।

सोही क्रममा पौडेलले दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न एजेन्डा कार्यान्वयनमा भएको महत्त्वपूर्ण प्रगतिको बारेमा प्रकाश पारेका छन् ।  

उनले विकासोन्मुख र अतिकम विकसित मुलुकले अहिले सामना गरिरहेको बजेट योजना, स्रोत विनियोजनमा दक्षता, प्रभावकारी आयोजना कार्यान्वयनका लागि क्षमता अभिवृद्धि र दिगो खर्च व्यवस्थापन प्रमुख चुनौती रहेको उल्लेख गरे । 

यस्तै, उनले विकासोन्मुख र अतिकम विकसित मुलुकले आफ्नो राजस्व परिचालन क्षमतामा सुधार ल्याउन विशिष्ट र स्पष्ट आन्तरिक राजस्व परिचालन नीति तर्जुमा गरी त्यसको प्रभावकारी कार्यान्वयनको महत्त्वमा जोड दिएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।