image
image
संघीय संसद अन्तरगत चार समितिको बैठक बस्दै, यस्ता छन् मुख्य एजेण्डा

संघीय संसद अन्तरगत चार समितिको बैठक बस्दै, यस्ता छन् मुख्य एजेण्डा

काठमाडौं । आज संघीय संसद अन्तरगत चार समितिको बैठक बस्दैँछ । बुधबार प्रतिनिधि सभा अन्तरगत राज्य व्यवस्था तथा सुशासन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राष्ट्रिय सभा अन्तरगत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति गरि चार समितिको बैठक बस्न लागिएको हो । 

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता माननीयहरुसँग छलफल हुने कार्यसूची रहेको छ भने बैठक दिनको १ बजे कानून समितिको सभाकक्ष हुन लागेको हो । 

यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ भने बैठक विहानको ९ बजे बस्दैँछ । 

यसको साथै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्या तथा समाधानका उपायहरु सम्बन्धमा नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक बिहानको ११ः३० बजे बस्दै छ । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा भने स्थलगत अनुगमन प्रतिवेदन सम्बन्ध छलफल हुने कार्यसूची रहेको छ । बैठक बिहान ११ बजे बस्दैँछ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।