image
image
पीएल सिंहको निधनमा कांग्रेसले तीन दिनसम्म पार्टी झन्डा झुकाउने

पीएल सिंहको निधनमा कांग्रेसले तीन दिनसम्म पार्टी झन्डा झुकाउने


काठमाडौं । नेपाली कांग्रेसले पीएल सिंहको निधनप्रति दुःख व्यक्त गर्दै तीन दिनसम्म पार्टी झन्डा झुकाउने भएको छ। सिंहको निधन लगत्तै सोमबार बसेको आकस्मिक केन्द्रीय कार्यसमितिको बैठकले सिंहको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक मनाउने निर्णयसमेत गरेको छ ।

जस अनुसार पुस १, २ र ३ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय कांग्रेसको छ । त्यस्तै, पुस २ गते मंगलबारका दिन केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्नेसमेत कांग्रेसले निर्णयमा उल्लेख गरेको छ ।

सिंहको निधनको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र १३औं दिनमा सम्बन्धित जिल्ला, काठमाडौंमा शोक सभाको आयोजना गर्ने केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ८८ वर्षीय सिंहको काठमाडौंको चाक्सीबारीमा गएराति १ः०० बजे निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।