image
image
चुनावको समयमा रिपोर्टिङ उत्साहित भए पनि परिणाम त्यो भन्दा भिन्न आयो : महासचिव पोखरेल

चुनावको समयमा रिपोर्टिङ उत्साहित भए पनि परिणाम त्यो भन्दा भिन्न आयो : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेको ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक राष्ट्रिय कार्यशाला च्यासलमा सुरु भएको छ । केन्द्रीय संगठन विभागद्वारा आयोजितमा दुई दिने कार्यशाल सुरु भएको हो । विभाग प्रमुख काशीनाथ अधिकारीको अध्यक्षतामा जारी कार्यशालमा महासचिव शंकर पोखरेलले बार्षिक कार्ययोजनाबारे दिशानिर्देश गरेका छन् ।

दिशानिर्देश गर्दै पोखरेलले चुनावका समयमा जुन प्रकारको रिपोर्टिङ गरिन्छ त्यो आजको परिणामका बीचमा कुनै एकता नभएको बताएका छन् । उनले चुनावको समयमा रिपोर्टिङ उत्साहित भए पनि परिणाम त्यो भन्दा भिन्न आएको बताएका हुन् ।

उनले भने, ‘विगतमा गठबन्धनसँग लडेको पार्टीले प्राप्त गरेको सफलता र अलग अलग लड्दाखेरी प्राप्त गर्नुपर्ने सफलताको सन्र्दभको कुरा गर्दा खेरी आज हामीले जे परिणाम प्राप्त गरेका छौं त्यो अत्यन्त चिन्ताजनक छ । त्यसमाथी प्रदेशका हिसावले हेर्ने हो भने पनि एक प्रकारले मतहरुको स्थिती हेर्ने हो भने पनि विगतका वर्षहरुमा गठबन्धन हुँदाखेरी उनीहरुले छोडेको सिटलाई समेत समायोजन गरिकन मत विश्लेषण गर्न सकिन्छ । तर चुनावका बेला साथिहरुले जुन प्रकारको रिपोर्टिङ गर्नुभएको थियो त्यो उत्साहजनक थियो भने मतपरिणाममा त्यो भन्दा भिन्नै छ ।’

साथै, उनले देशलाई समृद्घिका आधारमा अगाडि बढाउने हो भने पनि त्यो जनतासामू राम्रो सन्देश पुग्न नसकेको बताए । उनले देशलाई समृद्घिका आधारमा अगाडि बढाउनका लागि साना साना राजनीतिक दलहरु नभएर बलियो राजनीतिक दलहरु मिल्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।