गर्मी महिनामा काक्रो खानुस्,काक्रो खाँदाका फाइदाहरु यस्ता छन्
काठमाडौँ। गर्मी मौसममा काक्रो खानु मानव शरिरका लागि एकदमै फइदाजनक हुन्छ । सलादको रुपमा प्रयाग हुने काक्रो गर्मीमा नुन खुर्सानीसँग मोलेर खान सक्छौँ । काक्रो जति स्वादिष्ट छ त्यति नै फाइदाजनक पनि छ । काक्रोमा प्रशस्त मात्रमा पानि पाइन्छ ।
काक्रोमा भएको एन्टीडाएबेटिक र एन्टी अक्सिडेन्ट तत्वले छाला सम्बन्धी समस्याबाट बचाउनुको साथै कब्जियतको समस्या पनि हल गर्छ ।
यस्ता छन् काक्रो खानुका फाइदाहरु
(श्वास गनाउने समस्याबाट छुटकार पाइन्छ ।
(जोर्नी दुखाइको समस्याबाट छुटकार पाइन्छ ।
(तौल घटाउन मदत गर्छ।
(क्यान्सर विरुद्धको प्रतिरक्षा प्रणालीलाई बृद्धि गर्नमा सहयोग गर्छ
(यसले शरिरमा क्यान्सर रोगबाट बच्न मदत गर्छ ।
(पाचनक्रिया गराउन यसले महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।
(टाउको दुख्ने, अल्छिपना हटाउछ ।
(मधुमेहका विरामीका लागि पनि मदत गर्छ ।
(रक्तचाप नियन्त्रण गर्ने काम गर्छ ।
(छाला चाउरिनबाट रोक्छ ।









