पछिल्लो २४ घण्टामा १२ सय बढीमा कोरोनाभाइरसको संक्रमण
काठमाडौँ। पछिल्लो २४ घण्टामा १२८१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ भने ८ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५४८ जनामा कोरोना परीक्षण गर्दा १२८१ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयले पछिल्लो २४ घण्टामा २५५ जना निको भएको पनि बताएको छ ।
योसँगै देशभर कोरोना संक्रमितको कूल संख्या २८५९०० पुगेको छ भने निको हुनेको संख्या २७५५५५ पुगेको छ ।
हालसम्म नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ३ हजार ९१ पुगेको छ ।