अब इन्टरनेटबाटै घरजग्गाको नक्सा हेर्न मिल्ने, कहाँ कहाँ भयो लागू?
काठमाडौँ २ वैशाख । नापी विभागले अब इन्टरनेटबाटै घरजग्गाको नक्सा हेर्न र आफैं प्रिन्ट गर्न मिल्ने व्यवस्था गर्ने भएको छ । नापी विभागमा बिहीबार आयोजित औपचारिक समारोहबाट प्रधानमन्त्री केपी शर्मा ओलीले यो व्यवस्थाको शुभारम्भ गर्ने बताईएको छ ।
विभागका अनुसार ‘मेरो कित्ता डट जिओभी डट एनपी’ लगइन गरेर यो सेवा लिन सकिनेछ । यो व्यवस्था कार्यान्वयनमा आएपछि आफ्नो घर जग्गाको नक्सा प्रिन्ट गर्न र त्यसवाफतको शुल्क बुझाउन कार्यालय धाइरहनु पर्ने झन्झट हट्ने विभागले जनाएको छ ।
नापी विभागका सूचना अधिकारी दामोदर ढकालले सेवाग्राहीलाई सहजरुपमा छिटोछरितो सेवा दिन तथा प्रविधिमैत्री बनाउन सुरु गरिएको यो सेवा पहिलो चरणमा काठमाडौं उपत्यकाका डिल्लीबजार, कलंकी र भक्तपुरको कार्यालयमा लागु हुने छ । त्यसपछि क्रमशः देशभर कार्यान्वयनमा ल्याइने विभागले जनाएको छ ।
साथै एक हप्ताभित्र काठमाडौं उपत्यकाभरी र त्यसपछि क्रमशः देशैभरका १२६ वटा नापी कार्यालयबाट मेरो कित्ता सेवा सुरु हुने बताईएको छ ।