image

‘उत्तम शान्ति पुरस्कार’ नियात्राकार अर्याललाई

काठमाडैं ३० चैत्र । नियात्राकार सरिता अर्याललाई ‘उत्तम शान्ति पुरस्कार’ प्रदान गरिने भएको छ । उत्तम कुँवर स्मारक पुरस्कार गुठीले विसं २०७६ को उत्तम शान्ति पुरस्कार नियात्रा साहित्यको विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेल्नुभएकी नियात्राकार अर्याललाई प्रदान गर्ने भएको हो ।

नियात्राकार अर्यालको ‘मेरो अपहरण’ शीर्षकको कृतिलाई ताम्रपत्र र रु एक लाख नगद राशिसहित सम्मान गर्न लागिएको गुठीका सदस्य–सचिव ठाकुर पराजुलीले जानकारी दिए । उनले नियात्रा फाँटमा मानवीय अनुभूतिलाई मार्मिक पीडाको उत्खनन् गरी सन्त्रास एवं सङ्घर्षकोे गहिराई तथा जीवनप्रतिका विश्वासलाई कलात्मक उचाइका साथ प्रतिविम्बन गर्दै नेपाली नियात्रा साहित्यको विकासमा विशिष्ट योगदान गरेबापत उक्त पुरस्कार प्रदान गर्न लागिएको जानकारी दिए।

गुठीले विसं २०४४ देखि गैरआख्यान गद्य विधामा रचना गरिएका उत्कृष्ट नेपाली कृतिलाई उत्तम शान्ति पुरस्कारद्वारा सम्मानीत गर्दै आएको छ । पुरस्कार आगामी जेठ १२ गते बुधबार प्रदान गरिने सदस्य–सचिव पराजुलीले बताए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।