image

पछिल्लो २४ घन्टामा ३६७ जनामा संक्रमण पुष्टि, अधिकांश उपत्यकामा

काठमाडौँ । नेपालमा कोरोनाभाइरस संक्रमणदर उकालो लाग्ने क्रममा बढ्दो रहेको छ । पछिल्लो २४ घण्टामा थप ३६७ जनामा कोरोना पुष्टि भएको छ । ३ हजार १२५ जनामा पीसीआर परीक्षण र ६९० जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः ३०३ र ६४ जनामा संक्रमण पुष्टि भएको हो ।


२४ घण्टामा थपिएका अधिकांश संक्रमित काठमाडौँ उपत्यकाका रहेका छन् । काठमाडौँमा १२८, ललितपुरमा १५ र भक्तपुरमा ११ जना कोरोना संक्रमित फेला परेका छन् ।


बिहीबारदेखि १४ हजार ७३४ पीसीआर परीक्षण गर्दा १ हजार २६० संक्रमण पुष्टि भएको छ । यो अवधिमा ४९८ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा २ हजार ९६१ सक्रिय संक्रमित रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।