image
image
हेटौंडा अस्पतालमा ६ महिनामै १४२ किशोरी बने आमा

हेटौंडा अस्पतालमा ६ महिनामै १४२ किशोरी बने आमा

काठमाडौं । हेटौंडा अस्पतालमा चालु आर्थिक वर्षको ६ महिना (साउनदेखि पुससम्म) को अवधिमा १४२ जना किशोरीहरू आमा बनेका छन्।अस्पतालको तथ्याङ्क अनुसार मात्रै पुस महिनामा १२ जना किशोरी आमा भएका हुन्। पुस महिनामा मात्र २७५ जना गर्भवतीले यहाँ उपचार गराएका थिए।

यसअघि साउनमा २७, भदौमा २५, असोजमा ३३, कात्तिकमा २२ र मंसिरमा २३ जना किशोरी आमा बनेका थिए। यो अवस्थाले बालविवाहको प्रचलन रहेको देखाउँछ।नेपालमा कानुनले नै २० वर्षमुनि विवाह गर्न नपाउने व्यवस्था गरेको छ। तर, प्रचलित सामाजिक मान्यता र परम्पराका कारण यसको उल्लङ्घन हुँदै आएको छ।

बालबालिका र किशोरकिशोरीको भविष्यमा गम्भीर असर पार्ने बालविवाह रोक्न सरकारी, गैरसरकारी तथा सरोकारवाला सबै पक्षले प्रभावकारी रूपमा कार्य गर्नुपर्ने माग गरिएको छ।साथै, यसका लागि कानुन कडाइका साथ कार्यान्वयन हुनु जरुरी रहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।