image
image
आज विश्व क्यान्सर दिवसः सचेतनामूलक कार्यक्रम गरि मनाइँदै

आज विश्व क्यान्सर दिवसः सचेतनामूलक कार्यक्रम गरि मनाइँदै


काठमाडौं । ‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’ भन्ने नारासहित आज विश्व क्यान्सर दिवस मनाइदैछ । दिवसका अवसरमा सरकारी र गैरसरकारी कार्यालयहरूले आइतबार देशभरि विभिन्न सचेतनामूलक कार्यक्रम हुँदैछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार विहान साढे १० बजे मन्त्रालयको हलमै क्यान्सरविरुद्ध सतर्कता बढाउन छलफल कार्यक्रम राखेको छ । क्यान्सरविरुद्ध पहुँच र सचेतना बढाउने उदेश्यले कार्यक्रम आयोजना गरिएको वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासन शिला श्रेष्ठले बताइन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार सन् २०२२ मा क्यान्सरका कारण करिब एक करोड व्यक्तिको मृत्यु भएको छ । क्यान्सरबाट हुने मृत्युमध्ये पनि करिब एक तिहाइ सुर्तीजन्य पदार्थको प्रयोग, मोटोपन, मदिरा सेवन, फलफूल तथा तरकारीको कम सेवन र शारीरिक क्रियाकलापको अभ्यास कमीका कारण हुने गरेको छ ।

शरीरको कोष या कोशिकाहरूको समूहको अस्वभाविक बृद्धि हुनु क्यान्सर हो । यदि यसलाई समयमै नष्ट गरिएन या हटाइएन भने शरीरभरि नै यो रोग फैलिन्छ र अन्ततः मृत्युको कारण नै बन्न पुग्छ । यस रोगको उपचार शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापी अथवा यी तीनै विधि एकसाथ प्रयोग गरेर प्रारम्भिक अवस्थामा रोगको उपचार गर्न सकिन्छ ।

डब्लुएचओका अनुसार अहिले सबैभन्दा धेरै फोक्सोको क्यान्सर देखिएको छ । स्तन, प्रोस्टेट, कोलोरेक्टम, पेट, कलेजो र मूत्राशयमा अर्बुद रोग बढी हुने गरेका छन् । नेपालमा भने यसका रोगीहरूको संख्या कति भन्ने यकिन छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।