image
image
हिमाली जिल्ला मुगुका गाउँमा भाइरल ईन्फ्लुएन्जा भएको पुष्टि

हिमाली जिल्ला मुगुका गाउँमा भाइरल ईन्फ्लुएन्जा भएको पुष्टि

काठमाडौं ।  हिमाल जिल्ला मुगुका गाउँमा भाइरल ईन्फ्लुएन्जा भएको पुष्टि भएको छ । सोरु गाउँपालिका–६ पुरुमुरु गाउँमा तीनजनाको ज्यान जानेगरी फैलिएको खोकी भाईरल ईन्फ्लुएन्जा पुष्टि भएको हो ।सोरु गाउँपालिका–६ का पुरुमुरु र जिमागाउँमा भन्टै तीन साता अघिबाट फैलिएको मौसमी रुघाखोकीबाट तीन जनाको मृत्यु भएको थियो । १ सय ५० जना थला परेका थिए ।

थला परेकामध्ये १ सय ३५ जनामा भाईरल इन्फ्लुएन्जा पाइएको हो । उक्त स्थानमा पुगेको चिकित्सक सहितको टोलीले जाँच गर्दा भाईरल ईन्फ्लुएन्जाको लक्षण पाइएको हो ।बिरामीमध्ये ११  जनाको  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा भाईरल ईन्फ्लुएनजा पुष्टि भएको छ ।जिल्ला अस्पात मुगुका डाक्टर कमल ढुङ्गानाका अनुसार उक्त क्षेत्रबाट १ सय ५० जनामध्ये १ सय ३५ जनामा भाईरल ईन्फ्लुएन्जाको लक्षण देखिएको थियो । 

संक्रमण फैलिएको क्षेत्रबाट ११ जनाको स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो । तीमध्ये १० जनाको परीक्षण गर्दा एक जनामा कोभिड–१९ को भाईरस, एक जनामा भाईरल ईन्फ्लुएन्जा बी र अरु सात जनामा भाईरल ईन्फ्लुएन्जाको रिपोर्ट प्राप्तभएको ढुङ्गानाले बताए ।

थप अनुसन्धानका लागि त्यस क्षेत्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत ईपिडिमियोलोजी महाशाखा, विश्व स्वास्थ्य संगठनको सुर्खेतस्थित कार्यालय र जिल्ला अस्पातलबाट गरी तीनजनाको डाक्टर सहितको टोली बुधबार सोरु गाउँपालिका–६ पुरुमुरु र जिमागाउँतर्फ हिँडेको छ । डाक्टरको टोली केही दिन उक्त स्थानमा बसेर थप अनुसन्धान गर्ने प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले बताए ।

सोरु गाउँपालिकाका उपाध्यक्ष केशरबहादुर शाहीका अनुसार केही समय अघिबाट भाईरल ईन्फ्लुएन्जा नियन्त्रण गर्न गाउँपालिकाले औषधिसहित स्वास्थ्यकर्मी  परिचालन गरेको छ । बुधबार जिल्ला अस्पातलबाट डाक्टरसहित टोली गाउँमा पुग्ने बताइएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।