image
image
गीतकार कुमार शिवाकोटीको  'सिउॅंडीको काँडै'मा बिना र निक्सको अभिनय

गीतकार कुमार शिवाकोटीको  'सिउॅंडीको काँडै'मा बिना र निक्सको अभिनय

 

काठमाडौं । गीतकार कुमार शिवाकोटीको चर्चित गीत  ‘प्रियसी’ को सफलतासँगै सिउॅंडीको काँडैमा रिलिज गरिएको छ । गायक रमेश कँडेलको स्वर रहेको सिउॅंडीको कांडैमा कल्याण सिंहको संगीत रहेको छ भने मोहीत मुनालको एरेन्ज रहेको छ ।

छमछम नचाउने डान्सिङ  शैलीको सिउॅंडीको काँडैमा सुन्दरी मोडल बिना राउतसँग ह्याण्डसम निक्स शर्मा गज्जबसँग खुलेका छन् ।  एक रोमान्टिक प्रेम कहानी र आफ्नी मायालुको प्रेमीले खुलेर  प्रशंसा गरिएको सिउॅंडीको काँडैमा निर्देशक प्रहील कार्कीले बिना र निक्सलाई छमछम नचाएका छन् । 

प्रेम, रोमान्सले भरिएको  सिउॅंडीको काँडैमाको निर्माताका रुपमा यशना लुईंटेल, प्रिन्सा शर्मा र प्रनिका शिवाकोटी रहेका छन् । यसअघि प्रेम र विरहका गीतहरु बजारमा ल्याएका गीतकार कुमार शिवाकोटीले फरक शैलीको छमछम नचाउने गीतको भिडियोबाट आँफुले निकै नै आशा राखेको बताए  । 

अमेरिकामा रहेका गीतकार शिवाकोटीले यसअघि ‘भिझाएर आँशु’, ‘पिरतीको खेल’, ‘प्रियसी’ बजारमा ल्याइसकेका छन्  । उनको  हामी नेपाली बोलको गीत रिलिजको क्रममा  रहेको छ । गीत लेखनमा लामो समयदेखि आफ्नो सक्रियता बढाइरहेका गीतकार शिवाकोटीले अहिलेसम्म २ दर्जन बढी गीतहरू आफ्नै शब्दमा रेकर्ड गराइसकेका छन् । सार्वजनिक गीतको भिडियो  जन्मभूमि इन्टरटेनमेन्ट मार्फत् बजारमा आएको हो 

भिडियाे लिंक : https://youtu.be/yT_cb0d6uS0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।