image
image
सलमान खानका भाइ अरबाज खानले गरे विवाह

सलमान खानका भाइ अरबाज खानले गरे विवाह


काठमाडौं । बलिउड अभिनेता अरबाज खानको भव्य विवाह उनकी बहिनी अर्पिता खानको घरमा भएको छ । कलाकार अरबाज खानले मेकअप आर्टिस्ट शौरासँग दोस्रो विवाह गरेका हुन् । यो भव्य विवाहमा सहभागी हुन सलमान खानको परिवारसहित धेरै स्टार अर्पिताको घर पुगेका थिए ।

अरबाज र शौराको विवाहको लागि सलमान खानकी बहिनी अर्पिता खानको घरलाई सुन्दर ढंगले सजाइएको थियो । अरबाज र शौरा बाहेक अहिले पूरै खान परिवार विवाहलाई विशेष र यादगार बनाउनको लागि अर्पिताको घरमा उपस्थित भएका हुन् । समाचारका अनुसार यस स्टार जोडीको विवाहमा गायिका हर्षदीप कौर पनि उपस्थित भएर भव्य प्रस्तुति दिएका छन् ।

यसका लागि सलमान खान, सलिम खान र उनका दुई श्रीमती, नायिका रविना टण्डन, राशि थडानी र सोहेल खान पनि अरबाजको विवाहमा सहभागी हुन पुगेका थिए । यसबाहेक सलमान खानकी प्रेमिका युलिया पनि अर्पिताको घर पुगेकी छिन, जसले कालो लेहेंगा लगाएकी थिइन । अरबाजकी बहिनी अलविरा पनि पति अतुलसँग विवाहमा सहभागी हुन पुगेकी थिइन । सो विवाहपछि अभिनेत्री रविना टण्डनले आफ्नो इन्स्टाग्राममा एउटा भिडियो शेयर गरेकी छिन् । जसमा उनी अरबाज खानसँग नाच्दै देखिएकी छिन् ।

अरबाजले ५६ वर्षको उमेरमा मेकअप आर्टिस्ट शौरा खानसँग विवाह गरेका हुन् । जहाँ दुलही शौरा हिजाब लगाएर पुगेकी थिइन् । शौरा खानले हल्का गुलाबी रंगको भारी गाउन लगाएकी छिन् । जसमा जरीको काम भएको छ । शौराले गाउनसँगै हिजाब पनि लगाएकी छिन् । हालै सार्बजनिक भिडियोमा उनी कारबाट ओर्लिएर अर्पिता खानको घर भित्र पसेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।