image
image

सरकाले भ्रष्टाचार प्रकरणमा जनताको विश्वास जित्ने गरी काम गर्न सकेन : गुरु घिमिरे


काठमाडौ, २० साउन । सरकाले अहिलेसम्मका बिभिन्न काण्ड तथा प्रकरणमा जनताको विश्वास जित्ने गरी काम गर्न नसकेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु घिमिरेले बताएका छन् ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रमा नेता घिमिरेले सुन तस्करी, ललिता निवास, भुटानी शरणार्थी प्रकरणका फाइल खोल्ने मात्र काम गर्न नहुने बताए । उनले यस्ता प्रकरणमा सरकारले जात्रा मात्र देखाउने मात्र काम गरेको भन्दै टुंगोमा पुग्ने गरी काम गर्नु पर्ने बताएका छन् ।

उनले भने ‘ कुनै पनि छानविनको जनताले विश्वास गर्न सक्या छैन् । फाइल खोल्ने काम मात्रै होईन् पूर्वाग्रह नराखेर यसको टुङ्गो लगाउनु पर्छ । राजनीतिक बाटै संरक्षित भयो अपराध कर्म, संरक्षित नभएको भए देशलाई यस्तो प्रभाव पर्ने भ्रष्टाचार हुदैन् थियो । ’

नेपालमा अभाव नै नभएको भने सरकार भएको केन्द्रीय सदस्य घिमिरेले उल्लेख गरेका छन् । उनले ७ सय ५३ वटा सरकार, ७ सरकार र केन्द्रीय सरकार यति धेरै सरकार भएका देशमा भ्रष्टाचारको प्रकरण कति हुन्छ त्यो पनि प्रष्ट भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।