image
image
कोशी सरकार निमार्णका लागि ‘मध्यावधि’ निर्वाचनमा जानु पर्छ : बाबुराम भट्टराई

कोशी सरकार निमार्णका लागि ‘मध्यावधि’ निर्वाचनमा जानु पर्छ : बाबुराम भट्टराई

काठमाडौं, १४ साउन । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले कोशी सरकार निमार्णका लागि ‘मध्यावधि’ मा जानु पर्ने जनाएका छन् । कोशी सरकार गठनका बारेमा रस्साकस्सी चलिरहेको बेला पुर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले मध्यावधि निर्वाचनको बिकल्प सुझाएका हुँन् ।

‘१ नं प्रदेशमा घोषित रूपमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता विरोधी र सारतत्वमा यो व्यवस्था उल्टाएर प्रतिक्रान्ति गर्न उद्यत शक्तिको पाउ परेर सरकार बनाउन मरिहत्ते गर्नु भन्दा यो संविधानका अन्तरवस्तु स्वीकार्ने शक्तिहरू मिलेर सरकार बनाउने, नत्र मध्यावधिमा जाने विकल्प स्वीकार्नु उपयुक्त होइन र ?’ उनले भनेका छन, ‘यस्तै सत्तालिप्साले संघीय लोकतान्त्रिक गणतन्त्र कमजोर बन्छ र प्रतिक्रान्तिको आधार तयार हुन्छ भन्ने कुरा कमसेकम हाम्रा लोकतन्त्रवादी मित्रहरू र क्रान्तिकारी कणहरूले त बुझ्नुपर्ने ।’

सभामुखसहितको हस्ताक्षरमा नेपाली कांग्रेस र माओवादी केन्द्रले सरकार निमार्ण गरे पछि गत शुक्रवार सर्वोच्च अदालतले उल्टाई दिए पछि कोशी सरकार निमार्ण थप सकस परेको छ । अंक गणितका आधारमा सरकार निमार्णमा गर्न संवैधानिक प्रश्न उठिरहेको बेला भट्टराईले मध्यावधिको बिकल्प सुझाएका हुँन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।