image
image
रास्वपाद्वारा तस्करीबारे संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

रास्वपाद्वारा तस्करीबारे संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता



काठमाडौं, १० साउन । सुन तस्करीको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ । रास्वपाले बुधबार दिउँसो १ बजेर ५० मिनेटमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको हो । 

प्रस्तावको डोलप्रसाद अर्याल, सन्तोष परियारसहित १६ जना रहेका छन् भने समर्थकमा रवि लामिछाने, स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठ र सोविता गौतम रहेकी छन् । 

प्रस्तावमा सुन तस्करीको विषयलाई लिएर सरकार जवाफदेही बन्नुपर्ने र संसदमा गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गरिएको छ ।अघिल्लो बुधबार १०० किलो सुन बरामद भएपछि रास्वपाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रतिनिसभामा दर्ता गराएको हो । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।