image
image

निर्वाचन घोषणापत्रका लागि सुझाव दिन पार्टी पङ्तिलाई नेकपाको निर्देशन

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी वैशाख १७ र २७ गते तोकिएको निर्वाचनका लागि तयार गरिने पार्टी चुनावी घोषणापत्रमा समेटिनुपर्ने विषयमा सुझाव दिन पार्टी पङ्तिलाई परिपत्रसहितको निर्देशन गरेको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको हस्ताक्षरमा सो परिपत्र गरिएको हो ।

सरकारले निर्वाचनको मिति घोषणा गरेपछि निर्वाचन आयोगले पनि निर्वाचनको सबै तयारी गरिरहेको अवस्थामा नेकपाले फागुन मसान्तभित्र सुझाव माथिल्लो निकायमा पेश गर्न पार्टी पङ्तिलाई निर्देशन गरेको हो । परिपत्रमा भनिएको छ, “पार्टीले जारी गर्ने घोषणापत्रमा समेट्नुपर्ने विषयहरुका सम्बन्धमा सबै तहका पार्टी कमिटी, पार्टी सदस्य, जनसंगठन, शुभेच्छुक तथा आम जनसमुदायसँग छलफल गरी फागुन मसान्तभित्र माथिल्लो कमिटी मार्फत केन्द्रीय कमिटीलाई सुझाव पठाउन निर्देशन गरिएको छ ।”

निर्वाचन आयोगले माघ १५ गते देशभरिका सबै पालिकामार्फत मतदाता नामावली प्रकाशन गर्ने निर्णय गरेको छ । त्यसलाई करेक्सन गर्ने, छुट भएकालाई थप्न १६, १७ र १८ गतेका लागि समय निर्धारण गरेको छ । निर्वाचन आयोगले निर्वाचनको सबै तयारी गरिरहेको र तोकिएकै मितिमा निर्वाचन गर्न सम्भव भएको बताइरहेका बेला नेकपाले पार्टी पङ्ति तथा आम जनसमुदायलाई सुझावका लागि पछिल्लो आव्हान गरेको दलका नेताहरुले बताएका छन । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।