image
image

चितवन एमाले जिल्ला सचिवमाथि आक्रमणको प्रयास

काठमाडौँ, १०, वैशाख । चितवन जिल्ला सचिव सैलेस खनालमाथि आक्रमणको प्रयास भएको छ । नवकिरण कमलकुसुम मावि मतदान केन्द्रमा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिइरहेको बेला उनीमाथि रास्वपाको समर्थकहरुद्वारा आक्रमणको प्रयास भएको हो ।

उक्त निर्वाचन केन्द्रमा दुई पक्षबीच विवाद हुँदा मतदान रोकिएको छ । नवकिरण कमलकुसुम मावि मतदान केन्द्रमा दुई पक्षबीच झडप भएपछि मतदान रोकिएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरुले नाराबाजीसहित मतदानस्थलमा प्रवेश गरेपछि एमाले र गठबन्धन दलका समर्थकले त्यसको विरोध गर्ने क्रममा झडपको स्थिति बनेको हो ।

त्यस क्रममा एमालेका केही कार्यकर्ता पक्राउ परेका छन् । उक्त मतदान केन्द्रमा नेपाली सेना पुगिसकेको भएपनि अझै मतदान सुरु हुन सकेको छैन । मतदाताहरुले शान्ति सुरुक्षा कायम गर्न माग गर्दै नाराबाजी गरेका छन् । राजनीतिक दलका प्रतिनिधि र सुपरिवेक्षकबीच पनि विवादको अवस्था सिर्जना भएको छ । उक्त मतदानस्थलमा अहिले सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।