image
image

रिटर्नी फेडेरेशन नेपालको अध्यक्षमा उत्तम अधिकारी

काठमाडौँ, १३, चैत्त । रिटर्नी फेडेरेशन नेपाल (आरएफएन.)ले उत्तम अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

नेकपा एमालेको जनवर्गिय संगठन आरएफएनको आइतबार काठमाडौंमा सम्पन्न पहिलो प्रथम महाधिवेशनले निर्विरोध कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा विनोद भट्टराई, शालिकग्राम बसेल, रामकृष्ण घिमिरे, हिरादेवी खराल, काजीबहादुर थापामगर, अर्चना बस्नेत रहेका छन् ।

यसैगरी महासचिवमा जयप्रसाद सापकोटा (जेपी), उपमहासचिवहरुमा जीवन अर्याल र भरत सिवाकोटी चयन भएका छन् ।सचिवहरुमा  नवराज श्रेष्ठ, खेमबहादुर कार्की, कृष्णप्रसाद घोरासैनी, बुद्धिप्रसाद सुवेदी, बसन्तबहादुर क्षेत्री र कोषाध्यक्षमा सुनिल कार्की रहेका छन् ।

रिटर्नी फेडेरेशनमा स्थायी कमिटीसहित ९९ सदस्यीय केन्द्रीय रहेका छन् । यसका साथै निर्वाचन आयोगका अध्यक्षमा कृष्णप्रसाद भुसाल, लेखा आयोगको अध्यक्षमा जितेन्द्र बानिया, अनुशासन आयोग अध्यक्षमा दिलकिरण खजुम निर्विरोध निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष अधिकारीले रिटर्नीहरुलाई उधमशिलतामा जोडेर संगठनलाई सुदृढ गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, केन्द्रीय सदस्यहरु माधव ढुंगेल, रचना खड्कालगायतको आथिथ्यमा कार्यसमिति घोषणा गरिएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।