image
image

रेमिट्यान्समा ११ प्रतिशतको वृद्धि, रोजगारीमा जाने भने घटे

काठमाडौँ - कोरोनालगायतका कारणले वैदेशिक रोजगारीमा जाने नेपाली युवाको सङ्ख्यामा कमी आएको भए पनि विप्रेषण आप्रवाह भने ११ प्रतिशतले बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार चालू आवको सात महिनामा कूल रु पाँच खर्ब ६७ अर्ब ७० करोड बराबरको विप्रेषण भित्रिएको छ । 

बैंकका अनुसार विप्रेषण आप्रवाहमा १०.९ प्रतिशतले वृद्धि भएको पाइएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.७ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.७ प्रतिशतले वृद्धि भई रु चार अर्ब ८१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.५ प्रतिशतले घटेको थियो । 

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या ७५.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या २१.७ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ६७.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ०.६ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर ८.८ प्रतिशतले वृद्धि भई रु ६२९ अर्ब ८३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १.५ प्रतिशतले घटेको थियो । यस्तै, खुद सेवा आय रु ३२ अर्ब तीन करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु तीन अर्ब आठ करोडले घाटामा रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ९१.९ प्रतिशतले कमी आई रु तीन अर्ब ८७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु ४८ अर्ब एक करोड रहेको थियो । 

सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण व्यय ५६।७ प्रतिशतले कमी आई रु १८ अर्ब ८५ करोड कायम भएको छ । यसमध्ये शिक्षातर्पmको व्यय रु १५ अर्ब ५८ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु ४३ अर्ब ४९ करोड रहेकोमा शिक्षातर्फको व्यय रु २० अर्ब ९७ करोड रहेको थियो । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।