वैदेशिक रोजगारीमा गएका नेपालीले एशियन हाइड्रोकाे आईपीओ भर्ने आज अन्तिम दिन
काठमाडौँ, १२, पुस । एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले मंसिर २७ गते, मंगलबारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरिरहेकाे छ ।
कम्पनीले प्रतिकित्ता एक सय अंकित दरमा ३ लाख ४० हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीयका लागि र ८४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि निष्कासन गरेको हो ।
वैदेशिक रोजगारीमा गएका नेपालीले उक्त आईपीओ भर्ने आज अन्तिम दिन रहेकाे छ । स्थानियले भने पाैष २७ गतेसम्म आवेदन दिन सक्नेछन् ।









