image
image

२ लाख भन्दा बढी अदक्ष श्रमिकले लिए श्रम स्वीकृती

काठमाडौँ, १०, पुस । नेपालबाट हरेक घन्टा ७२ जना नागरिक वैदेशिक रोजगारीका लागि बाहिरिने गरेका छन् । गत वर्षको वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार नेपालबाट ६ लाख ३० हजार ९० जना श्रमिक बाहिरिएका छन् । जसमा अर्ध दक्ष ५४ हजार ३ सय २८ दक्ष २ लाख ९१ हजार ८ सय ८८ र अदक्ष २ लाख ८३ हजार ६८ जनाले श्रमिकका रुपमा श्रम स्वीकृती लिएका छन् ।

त्यस्तै उच्च दक्षता हासिल गरेका १२५ पेशागत रुपमा ६ सय ८० जनाले श्रमिकका रुपमा श्रम स्वीकृती लिएका छन् । पहिलोको तुलनामा सिपमुलक तालिम प्राप्त गरी बाहिरने संख्या २ प्रतिशत बढेपनि उल्लेखनीय रुपमा भने देखिएको छैन् । तालिम प्राप्त नगरी अदक्ष श्रमिकको रुपमा उसले पाउनुपर्ने पारिश्रमिकमा भिन्नता हुने सरोकारवालाहरु बताउँछन् ।

यस वर्षको असारसम्मको तथ्यांक हेर्ने हो भने दक्ष र अदक्ष गरी ५लाख ८० हजार ९ सय ६२ महिला र ४९ हजार १ सय २८ नेपाली श्रमिक बाहिरिएका छन् । अदक्ष कामदारको रुपमा बाहिरिने महिलाको संख्या उल्लेखनीय देखिएको छ । वैदेशिक रोजगार विभागले व्यवस्थित सुरक्षित र मर्यादित रोजगारी दिलाउन प्रयास गरेको दाबी गर्नुहुन्छ विभागका महानिर्देशक उमाकान्त आचार्य, नेपालको अर्थतन्त्र चलायमान बनाउन वैदेशिक रोजगारीमा जाने नेपालीले ठुलै योगदान िपुत्याइरहेका छन् ।

उनीहरुको जीवनस्तर उकास्न तथा अझ प्रभावकारी रुपमा सिपमुलक तालिम प्रदान गरी दक्ष बनाउन सम्बन्धित निकाय लाग्नु पर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।