image
image

‘सुरक्षित वैदेशिक रोजगारका लागि सञ्चार माध्यमको भूमिका महत्वपूर्ण’

काठमाडौँ, ७, पुस । सरोकारवालाहरूले सुरक्षित वैदेशिक रोजगारका लागि सञ्चार माध्यमहरूको भूमिका निकै महत्वपूर्ण हुने बताएका छन्। 

वैदेशिक रोजगारका नाममा प्रभावित भएका व्यक्तिहरूलाई निःशुल्क कानुनी सहायता प्रदान गर्दै आएको संस्था पिपुल फोरमले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै सरोकारवालाहरूले यस्तो बताएका हुन्। 

कार्यक्रममा बोल्दै कानुनविद् सोम लुईँटेलले वैदेशिक रोजगारमा जाने व्यक्तिहरूमा मुख्य समस्या जनचेतनाको अभाव भएको बताए।

‘जनचेतनाका लागि पनि सञ्चार माध्यमले महत्वपूर्ण भूमिका खेल्न सक्छन्। मिडियाले कानुन निमार्ण तहमा रहेका व्यक्तिहरूलाई पनि घच्घच्याउन पनि भूमिका खेल्छ,’ उनले भने। 

सञ्चारमाध्यमहरूले वैदेशिक रोजगार सम्बन्धी अनुसन्धानमुलक रिपोटिङ अझै बढाउँदै लैजानुपर्ने आवश्यकता उनले औंल्याए। 

सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष हरिबहादुर थापाले सञ्चारमाध्यमकै कारण वैदेशिक रोजगार क्षेत्र सुधारोन्मुख बनेको बताए। 

पत्रकारहरूकोे क्षमता अभिवृद्धिका लागि सरकार तथा गैरसरकारी संस्थाले पनि सहयोग गर्नसक्ने उनले औंल्याए। 
राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि कमल थापा क्षेत्रीले वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्सले मुलुकको अर्थतन्त्र धानिरहेका कारण राज्यले वैदेशिक रोजगारमा रहेका र फर्केका श्रमिकहरूलाई सम्मानित व्यवहार गर्नुपर्ने बताए। 
उनीहरूको मतदानको अधिकार पनि राज्यले सुनिश्चित गर्नुपर्ने औंल्याए। प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष कुलप्रसाद कार्कीले पनि राज्यले गर्छु भनेर नीति बनाएका तर कार्यान्वयन हुन नसकेका विषयलाई सञ्चार माध्यमले प्राथमिकता दिनुपर्ने बताए। 

कार्यक्रममार्फत् अन्य सरोकारवालाहरूले पनि सञ्चार माध्यमहरूले संवेदनशील भएर अझ प्रभावकारी ढंगले वैदेशिक रोजगारका मुद्धा उठाउनुपर्ने बताए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।