image
image

वैदेशिक रोजगारीमा रहेकालाई शुभम् पावरको आइपीओ बिक्री खुला

काठमाडौँ, ६, पुस । शुभम् पावर लिमिटेडले आज पुस ६ गते बुधबारदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणलाई जारी हुने ५ लाख ८० हजार ५८० कित्ता सेयरको १०% अर्थात ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री खुला गरेको हो । यसमा प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
 
यो आइपीओमा आवेदन दिने अन्तिम म्याद पुस २० गतेसम्म तोकिएकोे छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र सीडीएस एन्ड क्लियरिङ लिमिटेडको मेरो सेयर सफ्टवेयरमार्फत आवेदन दिन सक्नेछन् ।
 
यसमा मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ । शुभम्ले संखुवासभा जिल्ला चैनपुर नगरपालिकास्थित पिलुवा खोलामा ९९० किलोवाट क्षमताको पिलुवा खोला साना जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । उक्त आयोजनाबाट कम्पनीले २०६८ साउन १ गतेदेखि व्यावसायिक विद्युत उत्पादन सुरु गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।