image
image

७ सय भन्दा बढी नेपाली विदेशी जेलमा

काठमाडौँ, ४, पुस  । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा गएका सात सय भन्दा बढी नेपाली जेलमा रहेको पाइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२२ का अनुसार ७३५ नेपाली विभिन्न जेलमा रहेका छन् । जसमा ६९६ पुरुष र ३९ जना महिला छन् । 

सन् २०२१/०२२ मा सबैभन्दा बढी ३४७ जना पुरुष र २४ जना महिला गरी ३७१ जना यूएईको जेलमा रहेका छन् । त्यस्तै साउदी अरेबियाको जेलमा १२७ जना पुरूष र १ जना महिला गरेर १२८ जना छन् । मलेसियाको जेलमा ९६ जना पुरुष र २ जना महिला गरी ९८ जना रहेका छन् । 

आर्थिक वर्ष २०२०/०२१ मा १७० जना पुरुष मलेसियाको जेलमा रहेका थिए । भने १३४ जना पुरुष र ५ जना महिला गरी १३९ जना युएईको जेलमा थिए । उक्त तथ्यांकलाई हेर्दा २०२०/०२१ को तुलनामा २०२१/०२२ मा यूएईको जेलमा नेपालीको संख्या बढेको छ भने मलेसियामा घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।