image
image

वैदेशिक रोजगारमा जानेको संख्या उच्च दरले बढ्यो

काठमाडौँ, ४, पुस  ।  वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या उच्च दरले बढेको छ । वैदेशिक रोजगार विभागको तथ्यांक उदृत गर्दै राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार साउनदेखि कात्तिक मसान्तसम्म कुल १ लाख ९५ हजार १९६ जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन् ।

यो संख्या गत वर्षको सोही अवधिको तुलनामा १०२ प्रतिशत बढी रहेको राष्ट्र बैंकले जनाएको छ । यो संख्या संस्थागत तथा व्यक्तिगत तवरबाट लिइएको नयाँ श्रम स्वीकृति हो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि बढेको छ । चार महिनाको अवधिमा पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ८७ हजार ४२८ रहेको छ ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या गत वर्षको सोही अवधिको तुलनामा ४६.४ प्रतिशतले वृद्धि भएको हो । वैदेशिक रोजगारमा जानेको संख्या बढ्दै गर्दा रेमिट्यान्समा समेत वृद्धि देखिएको छ । साउनदेखि कात्तिक मसान्तसम्म ३ खर्ब ७८ अर्ब ४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो रेमिट्यान्स आप्रवाह गत वर्षको सोही अवधिको तुलनामा २०.४ प्रतिशत बढी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।