image
image

शून्य लागतमा मौसमी श्रमिक पठाउने कार्यविधि स्वीकृत

काठमाडौँ, ४, पुस  । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा मौसमी श्रमिक पठाउने कार्यविधि स्वीकृत भएको जानकारी दिएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अब सरकारले बेलायत, क्यानडा, दक्षिण कोरियालगायतका आकर्षक गन्तव्य मुलुकमा मौसमी श्रमिक पठाउने कार्यविधि स्वीकृत गरेको हो। 

उनले कार्यविधि स्वीकृति भएसँगै शून्य लागतमा मौसमी श्रमिक पठाउन बाटो खुलेको बताए । हालसम्म सरकारले मौसमी श्रमिक भनेरै वैदेशिक रोजगारीमा पठाएको छैन । वैदेशिक रोजगार व्यवसायी ९म्यानपावर० कम्पनीमार्फत वैदेशिक रोजगारीमा जानका लागि न्यूनतम दुई वर्ष करार अवधि तोकिएको छ तर व्यक्तिगत श्रम स्वीकृति लिएर जाँदा करार अवधि यति नै भनेर नतोकिएका कारण मौसमी श्रमिकका रूपमा पनि श्रम स्वीकृति लिएर कतिपय गन्तव्य मुलुक पुगिरहेका छन् 

बेलायत, दक्षिण कोरिया, क्यानडालगायत देशमा मौसमी श्रमिकको माग आउने गरेको र यस कार्यविधिले सरकारीस्तरबाट पठाउन बाटो खुलेको छ। मौसमी श्रमिक विशेष गरी छ महिनाका लागि माग हुने गरेको छ।  

मौसमी कामका लागि युवाको आकर्षण बढेसँगै ठगीको जोखिम बढ्न थालेपछि सरकार आफैँले शून्य लागतमा मौसमी श्रमिक पठाउने तयारी गरेको मन्त्री कुँवरले जानकारी दिए।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।