image

बिप्लवले आव्ह्वान गरेको नेपाल बन्दको प्रभाव सामान्य 

काठमाडौँ।  नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले शनिबार आह्वान गरेको नेपाल बन्दको प्रभाव सामान्य देखिएको छ। राजधानी काठमाडौंसहित देशका प्रमुख सहरहरु नियमितझैं खुलेका छन्।  

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक बसन्त बहादुर कुवँरले विप्लवले आह्वान गरेको प्रभाव खासै नदेखिएको जानकारी दिए। ‘देशका विभिन्न जिल्लामा डर देखाउने उद्देश्यले अलिकति विष्फोट पदार्थ राखेको भएपनि जनवीजन सामान्य छ,’ उनले भने,‘काठमाडौं–नारायणघाटजस्ता देशका प्रमुख सडक खण्डहरुमा चाहिँ विष्फोटक पदार्थ अलि बढी राखेको पाइयो। शनिबार भएर सडकमा कम सवारी देखिएपनि बन्दको प्रभाव भने छैन।’

विप्लव नेतृत्वको नेकपाले पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलालाई पक्राउ गरेको विरोधमा शनिबार नेपाल बन्दको आह्वान गरेको थियो।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।