विप्लब समूहले आह्वान गरेको बन्दले बर्दियाको जनजीवन प्रभावित
काठमाडौँ माघ १०। नेत्र विक्रम चन्द समूहले आह्वान गरेको आजको बन्दले राजधानीमा खासै असर नदेखिएपनि बर्दियामा भने जनजीवन प्रभावित भएको छ।
पक्राउ परेका कार्यकर्ताहरुको रिहाइको माग गर्दै विप्लब समूहले बन्दको आह्वान गरेको थियो। बिहानैदेखि लामो तथा छोटो दूरीका यातायात लगायत बजार बन्द हुँदा जनजीवन प्रभावित भएको छ । बन्दका कारण बर्दियाको गुलरिया, राजापुर, मधुवन, बाँसगढी, बारबर्दिया, गेरुवा र बढैयातालका बजार बन्द छन् ।
फाट्टफुट्ट केही मोटरसाइकल चले पनि सावारी साधन लगायत बजार बन्द छन् । एम्वुलेन्स, प्रेस, दुध लगायत अत्यावस्यक सेवाका सवारी साधनहरुलाई कुनै रोकतोक गरिएको छैन । शान्ति सुरक्षालाई मध्यनजर गर्दै बन्दका बेला सुरक्षा व्यवस्था कडा पार्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।