image
image

कतारले नेपालीसहित हजारौं विदेशी श्रमिकलाई स्वदेश फर्काउने समाचार हल्लामा परिणत

काठमाडौँ, ६, कार्तिक । कतारले विश्वकप फुटबल अघि नेपालीसहित हजारौं विदेशी श्रमिकलाई स्वदेश फर्काउने समाचार मिथ्या हल्लामा परिणत भएको छ । 

विश्वकप फुटबल औपचारिकरुपमा प्रारम्भ हुन ३१ दिन बाँकी छ । एक महिनामात्र समय बाँकी छँदा नियमित करार अवधि सकिएका बाहेक कुनै पनि देशका कामदार विश्वकप फुटबलको कारणले फिर्ता पठाइएका छैनन् । 

केही दिनअघि बेलायती गार्जियन पत्रिकाले विश्वकप फुटबलको कारणले नेपालीसहित विभिन्न देशका कामदार कामबाट जबरजस्ती निकालिएपछि बाध्य भएर स्वदेश फर्किंदै भनेर समाचार छापेको थियोे ।

गार्जियनले कतारले गत वर्ष नै विश्वकप फुटवल प्रतियोगिता शुरु हुनु अगावै ठूलो संख्यामा आप्रवासी श्रमिकलाई उनीहरुको देश फर्काउन आन्तरिक सर्कुलर जारी गरेको समाचार प्रकाशित गरेको थियो । 

सर्कुलरमा सेप्टेम्बरको मध्यसम्ममा निर्माणको काम सकिसक्न र विदेशी श्रमिकलाई फर्काउन निर्देशन दिइएको उल्लेख थियोे । तर अक्टोबर महिनाको तेस्रो हप्तासम्म कुनै पनि देशका कामदार फिर्ता पठाइएको छैन  ।

कतारको राष्ट्रिय मानवअधिकार आयोगमा कार्यरत मोहम्मद रमजान अली मियाँले हाल कतारमा दैनिक पाँच सय नेपाली कामदार नेपालबाट ओहोर दोहोर गरिरहेको जानकारी दिँदै विश्वकप फुटबलको कारणले आप्रवासी कामदार फिर्ता पठाउने भन्ने विषय अफवाह सावित भएको बताए ।

कतारले नोभेम्बर १ देखि डिसेम्बर २३ सम्म भिजिट भिसा बन्द गरेको छ । आन्तरिक मन्त्रालयले हवाई, स्थल र सामुद्रिक सिमानाबाट हुने भिजिट भिसा बन्द गरी सो अवधिमा हय्या कार्ड हुने पर्यटकले मात्र कतार प्रवेश गर्न पाउने बताएको छ ।एजेन्सी 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।