image
image

कार्तिक ७ र ८ गते तिहार बिदाको दिन पनि वैदेशिक रोजगार कार्यालयले सेवा प्रवाह गर्ने

काठमाडौँ, ६, कार्तिक ।  तिहार बिदाको बीचमा पनि ताहचलस्थित वैदेशिक रोजगार कार्यालय खुल्ने भएको छ । सरकारले कात्तिक ७ देखि १३ गतेसम्म तिहार बिदा दिए पनि कार्यालयले ७ गते र ८ गते सेवा प्रवाह गर्ने भएको हो ।  

वैदेशिक रोजगारीमा जानेहरूको अन्तिम श्रम स्वीकृति प्रदान गर्ने निकाय भएकाले पनि सार्वजनिक बिदाको २ दिन सेवा प्रदान गर्ने र कात्तिक ९ गतेदेखि मात्र बन्द गरिने कार्यालयले जनाएको छ ।

श्रम स्वीकृतिसम्बन्धी सबै सेवा अनलाइनबाटै पाइने भए पनि बायोमेट्रिक नभएका श्रमिकहरू अहिले पनि श्रम स्वीकृति लिन कार्यालय नै पुग्नपर्छ । 

पुनः श्रम स्वीकृति सातै प्रदेशमा रहेका श्रम तथा रोजगार कार्यालयले प्रदान गर्छन् । तर नयाँ श्रम स्वीकृति श्रम तथा रोजगार कार्यालय ताहचलले मात्र दिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।