यूएईमा घरेलु कामदारको सुरक्षाका लागि कडा कानून
काठमाडौँ, २, कात्तिक । घरेलु कामदारको अधिकार रक्षाका लागि उक्त कानूनी व्यवस्था गर्नुपरेको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अवैधानिकरूपमा घरेलु कामदार राखेमा न्यूनतम ५० हजार दिराम जरिवाना हुनेछ । यूएईले अवैधानिकरूपमा घरेलु कामदार प्रयोग गर्ने रोजगारदातालाई २ लाख दिराम ( नेपाली रुपैया‘ करिव ७० लाख ) सम्म जरिवाना गर्ने बताएको छ । यूएईको मानव संशाधन तथा ईमिराटाईजेसन मन्त्रालयले सन् २०२२ को संघीय कानून ९ जारी गर्दै उक्त व्यवस्था गरिएको जनाएको छ ।
घरेलु कामदारको अधिकार रक्षाका लागि उक्त कानूनी व्यवस्था गर्नुपरेको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अवैधानिकरूपमा घरेलु कामदार राखेमा न्यूनतम ५० हजार दिराम जरिवाना हुनेछ ।
सेप्टेम्बर ९ मा जारी भएको उक्त कानून गजेटमार्फत सार्वजनिक भई तीन महिनापछि पूर्णरूपमा कार्यान्वयनमा आउने बताइएको छ । जारी भएको कानूनी व्यवस्था कामदार, रोजगारदाता र रिक्रुटिङ ऐजेन्सी सबैलाई लागू हुने भन्दै नयाँ कानूनी व्यवस्थाले घरेलु कामदारको कार्य समय, साप्ताहिक बिदा, अतिरिक्त समय काम गरे छुट्टै तलबको सुनिश्चितता गरेकोे छ ।
त्यसैगरी १८ वर्ष भन्दा कम उमेरका व्यक्तिलाई काममा लगाउने वा कम उमेरका कामदारको भिसा जारी गर्ने एजेन्सीलाई पनि जरिवानाको व्यवस्था नयाँ कानूनले गरेको छ ।
खाडी मुलुकमा घरेलु कामदारको अभाव लामो समयदेखि रहेकोे छ । सबैजसो खाडी मुलुकले नेपालबाट पनि घरेलु कामदार लैजान खोजेपनि नेपालले श्रम सम्झौता नभएको मुलुकमा घरेलु कामदार नपठाउने निर्णय गरेकोे छ । पछिल्लोपटक कतारले घरेलु कामदारको विषयमा नेपालले ठोस् जवाफ नदिएको भन्दै असन्तुष्टि जनाएको छ ।









