image
image

खाडी मुलुकमा मौसम बदली, सजग रहन आग्रह

काठमाडौँ, ३१, असोज । खाडी मुलुकमा वर्षायाम शुरु भएको छ । कम्तीमा ५२ दिन सम्म रहने वर्षायाममा तापक्रम घट्ने भएकोले स्थानीय नागरिकसँगै वैदेशिक रोजगारीका लागि यस क्षेत्रमा रहेका लाखौं मजदुरहरूले ठूलो राहत महसुस गर्न थालेका छन् । 

अत्याधिक गर्मी हुने यस क्षेत्रमा वर्षायाम शुरु भएसँगै तापक्रम ओरालो लाग्न शुरू भएको छ । कतारको दोहामा शनिबार ३७ डिग्री सेल्सियस रहेको तापक्रम आइतबार दुई डिग्रीले झरेर  ३५ डिग्री सेल्सियसमा ओर्लिएको छ । अधिकतम तापक्रम ३५ डिग्री र न्यूनतम तापक्रम २० डिग्रीसम्म झर्न सक्ने अनुमान गरिएको छ । 

दिनको समयमा तापक्रम सामान्य र रातको समयमा पश्चिमी वायुको कारण थप चिसो हुँदा जनजीवन सहज हुने बताइएको छ । कतारको मौसम विभागले वर्षाका कारण हेलियन्थहेम र गेरेनियम जस्ता स्थानीय बोटबिरुवा उम्रन शुरू भएको बताएको छ । बदलिएको मौसमसँगै रुघाखोकी जस्ता फ्लू देखा पर्ने भन्दै सतर्क रहन समेत आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।