image
image

डेंगुले थप २ जनाको मृत्यु, मृतकको संख्या ४७ पुग्यो

काठमाडौँ, २८, असोज । नेपालमा डेंगु संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा डेङ्गुको संक्रमणबाट दुई जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या ४७ पुगेको छ।

पछिल्लो एक दिनमा एक हजार ७८७ जना डेंगु संक्रमित थपिएका छन्। यससँगै कूल संक्रमतिको संख्या ३८ हजार ९१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बिहीबार डेङ्गुका कूल संक्रमितको संख्या ३७ हजार १३१ जना थियो।

डेङ्गुको संक्रमण हाल ७७ जिल्लामै फैलिसकेको छ।   

४२ जनामा कोरोना संक्रमण

नेपालमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा एक हजार ६९ जनाको नमुना परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यही अवधिमा २६ जना संक्रमित निको भएका छन्। पछिल्लो एक दिनको अवधिमा २ लाख ६ हजार ६०४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल देशभर ६३८ जना कोरोनाका सक्रिय संक्रमित रहेका मन्त्रालयको विवरण छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।