image
image

विदेश जानेलाई तालिम दिने संस्था विभागको निगरानीमा

काठमाडौँ, २८, असोज । वैदेशिक रोजगारमा जाने कामदारहरुलाई अभिमुखिकरण तालिम दिने संस्थाहरुमा अनुगमन थालिएको छ । तालिम दिने ति संस्थाहरुका विरुद्ध गुनासो आउन थालेपछि वैदेशिक रोजगार विभागले हिजोदेखि अनुगमन तथा निरीक्षण शुरु गरेको हो ।

विभागबाट खटिएको टोलीले हिजो काठमाडौंका ६ वटा संस्थामा अनुगमन गरेको थियो । अनुगमन कार्यलाई भोलिका दिनहरुमा थप प्रभावकारी रुपमा अघि बढाइने विभागका निर्देशक कृष्णप्रसाद भुसालले बताए ।

काठमाडौं बाहिरका संस्थाहरुमा पनि अनुगमन सञ्चालन गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

वैदेशिक रोजगारी नियमावली २०६४ बमोजिम वैदेशिक रोजगारीमा जाने कामदारहरुले अनिवार्य रुपमा अभिमुखिकरण तालिम लिनुपर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।