image
image

क्रोएसियाले माग्यो भारी सङ्ख्यामा नेपाली कामदार, मासिक तलब एक लाख दुई हजार बढि

काठमाडौँ, २८, असोज । क्रोएसियाले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । क्रोएसियाको एक कम्पनीले भिन्न पदका लागि २७४ जना पुरुष र १०० जना महिला गरी जम्मा ३७४ जना नेपाली कामदारको माग गरेको हो ।

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले खान बस्नेतसहित तलब ६४ हजार माथिदेखि एक लाख २ हजार बढि पाउनेछ । इच्छुक कामदारले sure job recruitment pvt. ltd. को कार्यालय सामाखुसी काठमाडौंमा कार्तिक ३ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च र स्वदेशमा हुने जीवन बिमा कामदार आफैले बेहोर्नु पर्ने छ । यस्तै भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।